चितवन, १ जेठ
भरतपुर महानगरपालिका २० दद्राहनीनजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले गरेको आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार एक एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्रेनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ ।
मोटरसाइकलमा आएका ६ जनाको समुहले दद्रेनी पुलमा स्मल हेभन स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बस आगजनी गरेका थिए ।
महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्मविपरीत विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुःखद् र निन्दनीय कार्य भएको जारी विज्ञप्तिमा भनिएको छ । ‘कही कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तिमार्फत आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
स्कुलको बसमा भएको आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटि चितवनले विज्ञप्ति जारी गर्दै बसमा आफूहरुले आगजनी गरेको बताएको हो ।