भरतपुर, बैशाख ३०
स्मल हेभेन स्कुल बस आगजनीमा अनेरास्ववियु चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।
आज (आइतबार) अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष हरि आचार्यले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण गरेको हुन् ।
जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “चितवनको भरतपुर महानगरपालिका वडा नं. २० दद्राहानी पुलमा विद्यार्थी लिन हिडेको बस माथि भएको आगजनी प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । स्कुलको बस विहानको समयमा पठनपाठनको लागि विद्यार्थी लिन हिडेको अवस्थामा आगजनी हुनु चितवनका शैक्षिक संस्था, विद्यार्थी र अभिभावक मात्रै असुरक्षित नभई यस घटनाले समग्र जिल्लाको सुरक्षा व्यवस्था माथि नै ठाडो चुनौती दिएको छ । विद्यार्थी हितमा हुने कार्यक्रमलाई सधै सहयोग र समर्थन गर्ने अनेरास्ववियु जिल्ला कमिटी चितवनले अराजक र विद्यार्थीलाई हानि नोक्सानी हुने गतिविधिको घोर निन्दा एवम् भर्सना गर्दछ । कुनै कुराको चित्त नबुझेमा बहस र छलफल बाट समस्याको समाधान निकाल्न आह्वान गर्दै घटनाको सत्य तथ्य छानवीन गरि विद्यार्थी वर्ग लाई न्याय हुनेगरी कानुनी प्रक्रिया बाट कार्वाही अगाडि बढाउन शान्तिपूर्ण रूपमा आग्रह गर्दछौं ।”