– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २९ –
भरतपुर ५ विकास चोकमा रहेको अर्बिट यूनिक इङ्लिस स्कुलमा निर्वाचन गरेर विद्यार्थी नेतृत्व चयन गरिएको छ ।
स्कुलको क्याप्टेन र भाइस क्याप्टेनका साथै ४ वटा हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न निर्वाचन गरिएको हो ।
स्कुलका इन्चार्ज नारायण गौतमका अनुसार कक्षा ४ देखि कक्षा १० सम्मका ४६३ जना मतदाता रहेकोमा ४१२ मत खस्यो ।
स्कुलको क्याप्टेनमा सफलता क्षेत्री चयन भइन् । सफलताले २०३ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धि नविन चापागाईंले १३६ मत प्राप्त गरे । भाइस क्याप्टेनमा २१३ मत प्राप्त गर्दै शिरिसन खनाल विजयी भए भने उनका निकटतम प्रतिस्पर्धि सिखा सेढाईले १२३ मत प्राप्त गरिन् ।
त्यसैगरी रेड हाउसको क्याप्टेनमा भावना भण्डारी र भाइस क्याप्टेनमा प्रिन्स थापा, ब्लु हाउसको क्याप्टेनमा समिर थापा र भाइस क्याप्टेनमा सुशान्ती गुरुङ्, ग्रिन हाउसको क्याप्टेनमा सुयेशा मगर र भाइस क्याप्टेनमा आगमन भट्टराई, एल्लो हाउसको क्याप्टेनमा आदिम गौतम र भाइस क्याप्टेनमा सलिना गौतम चयन भइन् ।
प्रजातान्त्रिक पद्धतिको उच्चतम अभ्यास प्रस्तुत भएको निर्वाचनमा पर्यवेक्षक, पत्रकार, निर्वाचन आयुक्त एवम् सुरक्षा गार्डको उपस्थितिले साँच्चिकै संघीय चुनावको झल्को दिएको थियो ।