भरतपुर, बैशाख २७
चितवनको भरतपुर १० स्थित रहेको इनार भित्र बिहीबार एक पुरुषको शव फेला परेको छ ।
नाम थर नखुलेको र अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी टोली गई इनारबाट शव बाहिर निकालेको प्रहरीले जनाएको छ ।
उनको पहिचान भएको छैन भने उनको साथबाट समेत केही पनि फेला परेको छैन ।
हाल शव चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर सरकारी अस्पतालको शवगृहमा राखिएको छ ।
उक्त व्यक्तिको हुलिया उचाई ५ फिट ५ ईन्च, वर्ण मंगोलियन जस्तो देखिने, कलेजी रङको चेनवाला हुडी, खरानी रङको टिसर्ट, खरानी रङको जिन्सको पाईन्ट, सेतो कालो रंगको कन्भर्स जुत्ता लगाएको निजको दाहिने पट्टिको छातिमा बच्चाको ट्याटु, बायाँ हातको नाडिको भागमा शिव भगवानको ट्याटु रहेको प्रहरीले जनाएको छ ।