चितवन, २७ वैशाख
चितवनको राप्ती नगरपालिका वडा नं-७, अभियान चोकमा हिँडिरहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्ती-७, अभियान चोक बस्ने २१ वर्षीय राजेश तामाङ र राप्ती-८, थ्री ग्रुप बस्ने २४ वर्षीय सञ्जय परियार रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टर्मानिल ६६४ पिस र अनार्गन ५९८ पिस प्रतिबन्धित औषधि बरामद गरेको छ ।
शंकास्पदरुपमा हिँडिरहेका दुइजनालाई चेकजाँच गर्ने क्रममा उक्त प्रतिबन्धित औषधि बरामद भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।