चितवन, २७ वैशाख
भरतपुरमा इलेक्ट्रिक स्कुटर आफै अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर– ७ कटहर चोक बस्ने अन्दाजी ६५ वर्षिय खडक राज पाध्य सुवेदी रहेका छन् ।
चितवन प्रहरीका अनुसार कटहर चोकबाट चौबिसकोठी तर्फ जाँदै गर्दा स्कुटर दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।