२६ वैशाख, काठमाडौं-
कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् ।
सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी स्नेहा लामिछाने काठमाडौँ कलंकी मामाघरमा बसेर कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टर सगरमाथा इञ्जिनियरिङ कलेजमा पढ्दै थिइन् । २२ वर्षीय उनी वैशाख १९ गतेबाट बेपत्ता भएकी थिइन् ।