चितवन, २६ वैशाख
कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् ।
उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् ।
स्नेहा हराएपछि उनको परिवार र आफन्तजनहरु अहिले खोजीमा जुटेका छन् । काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् ।
उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामराको समेत प्रहरीले जाँच गरिसकेको छ । अन्य विभिन्न विधिबाट पनि खोजतलास जारी राखिएको अधिकारीले बताए ।
दुई छोरी र एक छोरासहित पाँच जनाको लामिछाने परिवारमा स्नेहा कान्छी छोरी हुन् । देख्ने जोकोहीले ९८६५१९५४६६ मा सम्पर्क गर्न वा प्रहरीलाई खबर गरिदिन परिवारले सबैसँग अनुरोध गरेका छन् ।