चितवन, २६ वैशाख
चितवन राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट नेचर गाइड घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर वडा नं ६ बछौली निवासी ४५ वर्षीय योगप्रसाद लामिछाने (नकुल) रहेका छन् ।
नेचर गाइड एसोसियनस चितवनका अध्यक्ष अनिल गुरुङका अनुसार सौराहास्थित चितवन पार्क भिलेजबाट दुईजना विदेशी पर्यटक लिएर निकुञ्ज गएका लामिछालाई भालुले एक्कासि आक्रमण गरेको हो ।
उनलाई निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरको जयमंगला भन्ने ठाउँमा दिउँसो ३ः३० बजे भालुले आक्रमण गरेको गुरुङले बताए ।
उनको अहिले चितवन मेडिकल मलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । उनिसँग निकुञ्ज गएका दुइजना पर्यटकले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।