चितवन, २३ वैशाख
निमार्ण व्यवसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनमा सम्पन्न भएको छ । शनिबार निमार्ण व्यवसायी संघ चितवनको भवनमा सम्पन्न भएको हो । १६ औं अधिवेशनमा २ वर्षे कार्यकालका लागी नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ नेतृत्व चयनका लागि २ सय ६६ जनाले मतदान गरेका थिए ।
सो अधिवेशनबाट अध्यक्षमा दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । प्रतिस्पर्धी भीष्म अधिकारी र शिवप्रसाद लौडारीलाई पछि पार्दै न्यौपाने विजयी हुन् । न्यौपानेले १ सय ६१ मत ल्याएका थिए ।
त्यसैगरि उपाध्यक्षमा छवि गौतम, सचिवमा शिवलाल ढकाल, कोषाध्यक्षमा प्रकाश तिवारी र सदस्यहरुमा राजीव सडौला ,रशिक श्रेष्ठ , अरुण श्रेष्ठ , देवीप्रसाद भण्डारी ,पदम अधिकारी,नमराज सिल्वाल ,आत्मराम कुमाल ,रमाकान्त कोइराला विजयी भएका छन् ।
अधिवेशनमा चार वटा पदका उम्मेदवार निर्वीरोध चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधवप्रसाद पोखरेल, महासचिवमा पुष्कर अधिकारी, सह सचिवमा अशोक लोहनी र महिला सदस्यमा शोभा न्यौपाने निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।