चितवन, २२ वैशाख
नारायणगढ बजार क्षेत्रका होटलहरुले नालामा तेल तथा बोसोजन्य फोहोर मिसाएको पाइएपछि भरतपुर महानगरले कारबाही गर्ने चेतावनी दिएको छ ।
स्थलगत निरीक्षण गर्दा नालामा फोहोर मिसाएको पाइएको भरतपुर महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार नारायणगढका राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार, भेटघाट र जमघट लगायतका रेष्टुरेण्टहरुलाई पहिलो चरणमा पत्र पठाएर कारबाही गर्ने चेतावनी दिइएको हो ।
अन्यथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुने व्यहोरा अनुरोध छ’, महानगरले पठाएको पत्रमा उल्लेख छ ।
नालाको व्यवस्थापन हुन नसक्दा नारायणगढ बजार दुर्गन्धित बनेको छ । नारायणगढ बजारको नाला खुला हुँदा र नालाबाट पानी बगेर अन्यत्र जाने ठाउँ बन्द हुँदा नालाबाट दुर्गन्ध फैलन थालेको हो ।
स्थानीयहरुले विरोध गर्दै विभिन्न सम्बन्धित निकायहरुमा ध्यानाकर्षण पनि गराइरहेका छन् ।