१८ वैशाख, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ ।
भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो।
निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ ।
यसैगरी हवाई यन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार