भरतपुर, बैशाख १५
जिल्ला प्रशासन कार्यालय चितवनको आयोजना एवं भरतपुर महानगरपालिकाको सहकार्यमा “लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी ३ महिने अभियान उद्घाटन तथा अन्तरक्रिया” कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
आज (शनिबार) भरतपुर महानगरपालिका २२ पटिहानी स्थित रिभर बैंक जंगल रिसोर्ट पटिहानीमा कार्यक्रम भएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख भावेष रिमाल, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेवा लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरु भरतपुर महानगरपालिकाका स्थानीय तहका प्रमुख (सबै वडाध्यक्षहरु), स्थानीय तहका सबै पालिकाका सामाजिक विकास शाखाका प्रमुख, टोल विकासका पदाधिकारीहरुको सहभागितामा उक्त उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।