चितवन, जेठ ३ –
चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल विजयी भएकी हुन् ।
गुरुङले गठबन्धनबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दे विजयी भएका हुन् । एमालेका दानबहादुरले छ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले चार हजार ६०८ मत ल्याएकी हुन् ।
यस्तै उपाध्यक्षमा एमालेकी माया सिलवालले पाँच हजार ३४४ मत प्राप्त गरिन् । गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका प्रताप गुरुङले पाँच हजार ४४ मत ल्याए । मायाले प्रतापलाई ३०० मतले पराजित गरिन् ।
गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५, ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ७ मा कांग्रेसले विजय हासिल गरेको छ ।