भरतपुर, १३ वैशाख
भरतपुरमा कंगारु एजुकेशन फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कंगारु एजुकेशनले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका म्यानेजिङ्ग डाइरेक्टर अनुप गौतमले जानकारी दिनुभयो ।
उक्त रक्तदान कार्यक्रम भरतपुर १० स्थित सिजील्याण्ड मार्कमा हुनेछ ।
कार्यक्रम वैशाख १६ गते आइतबार हुने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रम विहान ९ : ३० बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ ।
रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि व्यवसायी, बुद्धिजीवी, समाजसेवी लगायत स्थानीयवासी सबै सहभागी भई रक्तदान गरी सहयोग गर्न कंगारु एजुकेशनले आग्रह गरेको छ ।