नवलपरासी, १० वैशाख-
पूर्वी नवलपरासीको मध्यविन्दु १४, चनौटामा जंगलमा लागेको आगो गाउँमा सल्कँदा चार घर जलेर नष्ट भएको छ । नौ घर रहेको सो गाउँमा सबै घरमा आगो लाग्ने खतरा बढेको स्थानीयले बताएका छन् ।
अहिलेसम्म चार घर जलेर पूर्ण क्षति भएको छ । आगलागीबाट नवलसिं ढेगा, भागीराम ढेंगा, टेकबहादुर क्षेत्री, कर्मासिंह सोमैको घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार अप्ठेरो बाटो, विकट गाउँ र दमकल समेत पुग्न नसक्ने गाउँ भएकोले तत्काल आगो नियन्त्रणमा समस्या देखिएको छ ।