Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

भरतपुर अस्पतालका अवैध क्रियाकलाप, वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख –
भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ ।

आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनले १७ बुँदे समस्या र सुधार गर्नु पर्ने विषयसहित भरतपुर अस्पतालमा एक विज्ञप्ति बुझाएको छ । अस्पतालका मेसु डा श्रीराम तिवारीलाई अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले विज्ञप्ति बुझाउँदै ध्यानाकर्षण जनाएको हो ।

जिल्ला अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा अस्पतालभित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रीत गतिविधिले सेवाग्राहीहरू समस्यामा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरबाट स्वास्थ उपचारको लागि हजारौं मानिसहरू आउने चितवन जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पताल भित्रको चरम राजनैतिक खिचातानी, वेथिति र व्यवसाय केन्द्रित गतिविधिले सेवाग्राहीहरु समस्यामा परेका छन् । अस्पताल भित्रका अवैध गतिविधि र व्यथितीहरुलाई अनेरास्ववियु जिल्ला कमिटी चितवनले केही समय अगाडिदेखि नजिकबाट शुक्ष्म रुपमा नियालिरहेको छ । अस्पतालका गतिविधि, समस्या र समाधानको लागि हाम्रो संगठनले निम्नलिखित बुदामा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउदछौं ।’


अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको वेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

विज्ञप्ति बुझ्दै अस्पतालका मेसु डा तिवारीले अनेरास्ववियुले उठाएका अधिकांश समस्याहरु अस्पताल रहेका स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफू निरन्तर लागिरहेको बताए । आफू मेसु भएर आएको ५ महिना भएको र त्यस यता यी समस्या समाधान गर्न दैनिक डायरी बनाएरै लागेको उनको भनाइ छ ।

यस्तो छ अनेरास्ववियु चितवनले अस्पताललाई बुझाएको १७ बुँधे समस्या र सुधार गर्नु पर्ने विषय :-

१) विगत १ बर्ष अगाडि देखि अनियमित ढंगले विना सुचना नियुक्ति भएका झण्डै ७५ जना कर्मचारी कुन कुन दरवन्दि, योग्यता र पदमा नियुक्ति भएका छन्, तत्काल छानवीन गरि नियुक्ति दिने दोषीउपर कार्वाही गरि नियुक्ति खारेज गर्नुपर्ने ।

२) भरतपुर अस्पताल फार्मेसीमा स्वास्थ बीमा सेवा लिने विरामीलाई अति आवस्यक पर्ने जीवन रक्षक औषधि तथा सर्जिकल जन्य सामाग्रीहरू उपलब्ध नगराई अभाव सृजना गराईएकोले किन कृतिम अभाव सृजना गरियो ? फार्मेसी संचालक / व्यवस्थापन गर्ने माथि छानवीन गरि आवस्यक कार्वाही गर्नुपर्ने । औषधि सहज रूपमा वितरण हुनुपर्ने ।

३) अस्पतालमा टेण्डर मार्फत र सिदा खरिद गरिएका सामाग्रीहरू गुणस्तरहिन र मापदण्ड विपरीत भएकोले तत्काल छानवीन गरि दोषीमाथि कार्वाही गर्नुपर्ने ।

४) अस्पताललाई आवस्यक पर्ने कम्प्युटर सहायक लगाएतका पद सम्वन्धित विषयको योग्यता भन्दा बाहिरको ठेकेदार तर्फ बाट र आफुखुसि आफन्तको आधारमा अस्पतालमा अस्थायी करारमा नियुक्ति गरेको पाईएकोले तत्काल त्यस्ता नियुक्ति खारेज गरि संम्वन्धित योग्यताका कर्मचारी सार्वजनिक सुचना निकालेर परिक्षा प्रणाली मार्फत नियुक्ति गर्नुपर्ने ।

५) कम्प्युटर सहायक भनि नियुक्त गरेका कर्मचारीहरूको उक्त काम सग सम्वन्धित शैक्षिक योग्यता वा तालिम सम्म पनि नभएको, कम्प्युटर र काम बारे पनि जानकारी नभएको व्यक्ति लाई ठाडो नियुक्ति दिएकोले यस्ता नियुक्ति खारेज गरि नियुक्ति दिने व्यक्ति माथि कार्वाही गर्नुपर्ने ।

६) अस्पतालमा २०८० फाल्गुन २१ गते चेक जाच गराउदा विरामीलाई अप्रेसनको लागि १ बर्ष पछिको मिति (२०८१ माघ २६ गते) दिईएको विषयले विरामीको स्वास्थ्य माथि चरम खेलवाड भएको छ । जनताको स्वास्थ्यमा खेलवाड किन भयो ? छानवीन गरि सेवाबाट बर्खास्ती गर्नुपर्ने ।

७) भरतपुर अस्पताल भित्र संचालनमा रहेको नर्सिङ कलेजलाई हालसालै विकास समितिबाट निर्णय गरि अस्पताल परिसर भन्दा बाहिर कुनै घर भाडामा लिई चलाउने गरि तत्काल घर भाडाको लागि टेण्डर आह्वानको तयारी भएको कुरा बुझिन आएकोले यस्तो प्रकारको गलत कार्य नगर्न / नगराउन अनुरोध गर्दछौं ।

८) जनता एवम् सेवाग्राहीलाई स्वास्थ विमाबाट प्राप्त हुने बास्तविक भएको औषधि संख्या कति र कुन कुन हुन ? हाल कति प्रकारका कुन कुन औषधि उपलब्ध छन् ? सार्वजनिक गरि विमामा प्राप्त हुने तर लामो समय देखि फार्मेसीमा नपाईएको, डाक्टरले लेखाएको विमामा पाईने ६ वटा मध्ये २ वटा औषधि मात्रै पाईने र अरू नपाईने बारे आवस्यक जाचबुझ गरि कार्वाही गर्नुपर्ने ।

९) टेण्डर भएको औषधि तथा सर्जिकल जन्य सामाग्रीको संख्या र फार्मेसीमा उपलब्ध रहेको औषधि हरेक हप्ता सार्वजनिक गर्नुपर्ने ।

१०) गरीब तथा विपन्न परिवारलाई निशुल्क रूपमा वितरण गर्ने औषधि कति प्रकारको कुन कुन रहेको छ? कुन औषधि टेण्डर भयो र कुन औषधि कति मात्रामा रहेको छ? हरेक हप्ता सार्वजनिक गरि निशुल्क औषधि पाउने काउन्टर २४ सै घण्टा खोल्नुपर्ने ।

११) करार सेवाका कर्मचारीहरूलाई नियम विपरीत लामो विदा स्विकृत गर्ने गरिएको पाईएको छ । लामो विदाले जनतालाई स्वास्थ सेवामा असर पर्ने भएकोले आवस्यक छानवीन गरि कार्वाही गर्नुपर्ने ।

१२) विगत लामो समयदेखि अस्पतालको ल्यावमा रहेको मेसिनहरू ब्याकअपको नाममा सिदा खरिद गरि कुनै डोनेशनको नाममा भित्राईएको जानकारीमा आएकोले यो नियम विपरीत रहेको र रि एजेन्टको खेलमा गरिएको कार्य तत्काल बन्द गरि नयाँ मेसिन के कति कारणले विना टेण्डर भित्राईयो? यसबारे छानवीन गरि आवस्यक कार्वाही गर्नुपर्ने ।

१३) ल्याबको Biocamesty Analyzer BS 480 क्षमता भैरहेकोमा कुनै कानुनी प्रक्रिया पुरा नगरी सिदै दोब्बर क्षमताको Fully Automatic Bio Camesty Anacazyer मेसिन राखिएको छ । उक्त मेसिन कुन प्रक्रियाबाट कसरी रिएजेन्ट मार्फत खरिद गरिएको छ? तत्काल सार्वजनिक गर्नुपर्ने ।

१४) अस्पताल भित्रको ल्याब घाटामा रहेको कुरा बाहिर जनमानसमा हल्ला फैलिएकोले ल्याब नाफा वा घाटामा रहेको छ ? सार्वजनिक गर्नुपर्ने ।

१५) ल्याबमा बारकोड सिस्ट लागु भएता पनि कर्मचारीले प्राइभेटबाट संकलित नमुना ल्याई हाल्ने गरेको कुरा जानकारीमा आएकोले रिपोर्ट रि एजेन्टको रेसियो तत्काल हेरि चुहावट भएको खण्डमा चुहावट रोकि आवस्यक कार्वाही गर्नुपर्ने ।

१६) टेण्डर भएको सर्जिकल जन्य सामान गुणस्तर परिक्षणको नाममा लो व्रिडर लाई नदिई माथिल्लो व्रिडरलाई टेण्डर पारेको देखिन आएकोले व्यक्तिगत लाभको लागि गरिएको उक्त कार्यको छानवीन गरि दोषीउपर कडा कार्वाही गर्नुपर्ने ।

१७) अस्पतालमा खरिद भएको सरसफाइ जन्य सामाग्री, स्टेसनरी, टेप, गज, कटन र कम्प्युटर जन्य सामान स्पेकमा लेखिए अनुसार नभएको सुचना पाईएकोले तत्काल छानवीन गरि कार्वाही गर्नुपर्ने ।

 

Chitwan Aaja चितवन आज
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

ताजा समाचार

सबै

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.