चितवन, ९ बैशाख
मनास्लु हिमालमा हिम पहिरो गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन आग्रह गरेको छ ।
आज आइतबार एक सुचना जारी गर्दै त्रिशुली नदी र नारायणी नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
उक्त सुचनामा भनिएको छ, “मनास्लु हिमालबाट अचानक हिम पहिरोले तालको पानी विस्थापन हुन गई नदीमा पानीको वहाव बढ्न गएको र यो क्रम अझै २४ घण्टासम्म रहनसक्ने देखिएकाले आवश्यक सर्तकता अपनाउन अनुरोध छ।”
गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो ।