चितवन, बैशख ७ –
भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी सगरमाथा मोटर र्याली सोलुखुम्बुको सोलुमा पुगेको छ ।
५ गते सुरु भएको र्याली राति खोटाङको हलेशी महादेव पुगेको थियो । ६ गते बिहान हलेशी महादेवको दर्शन गरेर हिडेको र्याली दिउसो ४ बजे सगरमाथा जाने बाटो सोलुखुम्बुको सोलु पुग्यो । अन्तिम गन्तव्य स्थल सोलुमा पुगेपछि र्याली चितवन फर्कन सुरु गरेको छ । फर्कने क्रममा सोलुमा विमानस्थल अवलोकन पश्चात टोली ओखलढुङ्गाको ढापमा आएर बास बसेको छ । ७ गते बिहान उक्त र्याली चितवनतर्फ प्रस्थान गर्नेछ । र हेटौंडा पुगेर र्यालीको समापन कार्यक्रम हुनेछ । र्यालीमा २० वटा कारमा ८५ जनाको टोली सहभागी रहेका छन् ।
र्यालीले हलेशी महादेव गुठी व्यवस्थापन समितिलाई भरतपुर भ्रमण वर्ष लेखिएको स्टिकर प्रदान समेत गर्यो । र्यालीले विभिन्न स्थानहरुमा भरतपुर भ्रमण वर्षको स्टिकर टाल्दै भरतपुर भ्रमण वर्षको प्रचार गरिरहेको छ ।
मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन ९नासा० वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्यालीको आयोजना गरिएको हो । र्यालीको उद्वघाटन भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले गरेका हुन् ।
भरतपुर देवघाटदेखि सुरु भएको र्याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता समेत गरिएको नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन ९काडा चितवन० का अध्यक्ष राजन पियाले जानकारी दिए ।
‘मोटर लिको रेसिंगको विधा अन्र्तगत टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भने । सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ खेल उसैले जित्छ ।
सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ । सोही प्रतियोगिताको समापन आज हेटौंडामा हुन लागेको हो ।
एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो ।
त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।