चितवन, ६ बैशाख
नारायणगढ– मुग्लिन सडकमा म्याजिक र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं.२९ स्थित चौधकिलोमा आज बिहान करिब पौने १० बजे दुर्घटना भएको हो।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँएको हो । म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा इच्छाकामना गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का अमिन सुनार (मध्यम), वर्ष ३३ की तारा गुरूङ (गम्भीर), वर्ष ३ की अंशु गुरूङ (मध्यम), वर्ष १० का विक्रम गुरूङ (मध्यम), वडा नं.२ बस्ने वर्ष १७ कि अस्मिता चेपाङ (मध्यम), वर्ष १६ का सोमबहादुर चेपाङ (सामान्य), इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४८ की माया राना (गम्भीर), वर्ष ३७ का भरत आले, वर्ष ४० की लालमाया आले, वर्ष ३८ की लीला गुरूङ (मध्यम) र वडा नं.७ बस्ने वर्ष १० की मिक्की गुरूङ (मध्यम)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै गरी तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३८ का शम्शेरबहादुर थापा (सामान्य), उनका छोरा वर्ष ६ का संगम थापा (सामान्य), सोही वडा बस्ने वर्ष ३५ की गुनमाया आले (सामान्य), चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष २४ का विवके चेपाङ (सामान्य), सोही वडा बस्ने वर्ष २९ का यमबहादुर चेपाङ (सामान्य) र म्याजिक भ्यानका चालक इच्छाकामना गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० का कुमार गुरूङ (सामान्य)को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।
ट्रक चालक मकवानपुर जिल्ला वकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बम्जनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।