चितवन, ४ बैशाख
भोलिबाट जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक बिदाको दिनमा सेवा दिने भएको छ। प्रशासनले एक सूचना जारि गर्दै सार्वजनिक बिदामा पनि सेवा दिइने जनाएको हो ।
प्रशासनले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्यमा सेवा नरोक्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनको सुचनामा रामनवमी, चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी र घटस्थापनाका दिन सार्वजनिक सेवा नियमित रुपमा सेवा दिइने भएको हो ।
त्यस्तै, धान्य पूर्णिमा–उधौली पर्व, योमरी पुन्डि, क्रिसमस डे, तमु ल्होसार, माघी पर्व, माघे संक्रान्ति, सहिद दिवस, सोनम ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार र इदमा नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।