चितवन, ४ बैशाख
नेकपा एमाले चितवनको जिल्ला अधिवेशनको मिति घोषणा गरिएको छ ।
चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले अधिवेशन मिति घोषणा गरेको हो । जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म गर्ने निर्णय गरेको छ ।
जेठमा हुने जिल्ला अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्ने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । उनका अनुसार करिब ७ सय ५० जना प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।