चितवन, ४ बैशाख
चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किँदा चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय साजन मगर, ट्रकमा सवार राप्ती–२ बस्ने ३० वर्षीय अमित थापामगर, ट्रकमा सवार हेटौंडा–१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई र टिपरको सहचालक मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षीय पुकार राई रहेका छन् ।
लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।
दुवै सवारीसाधनमा क्षति भएको र टिप्पर चालक फरार रहेको चितवन प्रहरीले जनाएको छ ।घाइतेहरुको उपचारका नयाँ मेडिकल कलेजमा भइरहेको छ ।