चितवन , २ वैशाख
नेपाली कांग्रेस जिल्ला कमिटि चितवनद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान र क्यालेन्डर विमोचन कार्यक्रममा लफडा भएको छ ।
आज बिहान भरतपुर ९ स्थित फोरसिजन पार्टी प्यालेसमा भएको कार्यक्रममा लफडा परेको हो।
सो कार्यक्रममा नेताहरुबीच हानाहान नै भएको सहभागी एकजनाले जानकारी दिएका छन् । कार्यक्रममा लफडाको अवस्था के कसरि सिर्जना भयो खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।