काठमाडौँ, ३० चैत
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो ।
‘कृषि मन्त्रालयको प्रस्तावमा, लामो समयदेखि छलफलमा रहेको थियो सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने भन्ने निर्णय पनि भएको छ,’– मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।
साथै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको छ ।
समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार