चितवन, चैत २५ –
पश्चिम चितवनको चनौलीमा बेस्ट डेस्टिेनशन एजुकेशन कन्सल्टेन्सीद्वारा आयोजित एजुकेशन फेयर सम्पन्न भएको छ ।
चनौली पार्टी प्यालेसमा शनिबार सम्पन्न फेयरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि एजुकेशन फेयर गरिएको हो ।
कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, साउथ कोरिया, युके, युएई जान चाहनेहरुले आवश्यक जानकारी लिएका थिए । ती देशमा कसरी एप्लाई गर्ने ? डकुमेन्ट केके चाहिन्छ ? विद्यार्थी भिसामा पुगेकालाई जागिरको अवसर, पिआर पाउने प्रक्रिया लगायतका विभिन्न कुराहरुका बारेमा जानकारी गराइएको थियो । सम्बन्धित देशका कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।
फेयरमा २५० विद्यार्थीहरुको सहभागिता रहेको बेस्ट डेस्टिनेशनका प्रवन्ध निर्देशक संजय कुँवरले जानकारी दिए ।
पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, साउथ कोरिया, युके, युएई जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गमा विद्यार्थीलाई सहयोग गर्ने कामहरु बेस्ट डेस्टिनेशनले गरिरहेको प्रबन्ध निर्देशक कुँवर बताउँछन् ।
बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै आईटी सम्बन्धि विभिन्न कक्षा एवम् विभिन्न तहका कम्प्युटर कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।