चितवन, २४ चैत
नारायणगढ-मुग्लिन सडक खण्डमा टायर पड्किएर ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नवलपुर मध्यबिन्दु न.पा. १५ चोरमारा बस्ने बर्ष ३५ को हरीनारायण महतो र वलपुर मध्यबिन्दु न.पा. ६ बस्ने बर्ष २६ को टेक नारायण थापा रहेका छन् ।
आज दिउँसो ४:४५ बजेको समयमा चितवन ईच्छाकामना-६ स्थित पांच किलोमा दुर्घटना भएको हो । प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ग २ ख ८९७ नं.को ढुङगा बोकेको ट्रकको अगाडीको टायर पड्कन गइ अनियन्त्रित हुँदा कलर्भटमा घोप्टो परेको हो ।
ट्रकको चालक हरीनारायणको शरिरको बिभिन्न भागमा चोट लागेकोले अवस्था गम्भीर रहेको छ भने सहचालक टेक नारायणको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुबैजनाको नयाँ मेडिकल उपचार भईरहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







