भरतपुर, २४ चैत
भरतपुर महानगरपालिका–१० जेष्ठ नागरीकचोक नजिकै कार र स्कुटर एकआपसमा ठोक्किदा दुईजना घाइते भएका छन् । घाइते हुनेहरुमा स्कुटर चालक भरतपुर–१० बस्ने २२ वर्षीय पस्बिना तामाङ र सोही ठाउँकी २१ वर्षीय तिर्सना ढुङ्गाना रहेका छन् ।
बिहिबार राती करिब १० बजेको समयमा चौबिसकोठिबाट मालपोतचोक तर्फ जादै गरेको बा १६ च ७०६८ नं.को कार र ना ४१ प ६५९२ नं.को स्कुटर एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पस्बिनाको टाउकोमा भित्री चोट लागेकोले अवस्था गम्भीर रहेको छ। उनको उपचार नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै, तिर्सनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । उनको उपचार भरतपुर सामुदायिक अस्पतालमा भइरहेको छ ।
दुवै सवारी साधन र कार चालक राप्ती नगरपालिका–५ बस्ने २५ वर्षीय गोकर्ण अर्याल लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।