चैत्र २४, मुग्लिन
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा दुईवटा बस एकआपसमा ठोक्किएका छन् ।
बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठोक्किएको हो । उक्त बसको ठक्करबाट ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस ठोक्किएको हो ।
प्रहरीका अनुसार घाइते ५ जनाको भरतपुरस्थित अस्पतालहरुमा उपचार भइरहेको छ।