Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेटौँडामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै

बागमती, २३ चैत
बागमती प्रदेशको राजधानी हेटौँडामा सरकारीस्तरबाट गुणस्तरीय माछाका भुरा उत्पादनले यसको माग बढ्दै गएको छ । साथै यहाँ उत्पादित विभिन्न विकासे जातका माछाका भुराको बिक्रीसमेत बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रको कार्यालय हेटौँडाको पोखरीमा अत्यन्त सतर्कता तथा सुरक्षाका साथ विभिन्न जातका माछाका भुरा तथा माछा उत्पादित भई किसानलाई बिक्री भइरहेको छ ।

मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले राम्रो नश्लका सो भुरा खरिद गरी लैजाने गरेको त्यहाँका कर्मचारी तथा प्राविधिकले जनाएका छन् ।

कार्यालयबाट प्राप्त विवरणअनुसार चालू आर्थिक वर्षको चैत १५ गतेसम्ममा एक करोड ५० लाख मसिनो ह्याचलिङ भुरा, १० लाख फ्राई भुरा तथा तीन लाख फिङ्लिङ भुरा बिक्री गरिएको तथा उक्त भुराको बिक्रीबापत रु सात लाख राजस्वसमेत सङ्कलन भएको जनाइएको छ । आउँदो तीन महिनामा थप अझै माछाका भुरा बिक्री हुने अनुमान गरिएको छ ।

यसअघि उक्त कार्यालयबाट गत आर्थिक वर्ष चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरिएको थियो । कार्यालय प्रमुख सरोज यादवका अनुसार विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि गत आर्थिक वर्षदेखि माछा र भुराको उत्पादनमा वृद्धि भएको बताइएको छ । त्यसका लागि कार्यालयमा भएका पोखरीको मर्मत तथा सुधार गरिएको छ ।

प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणको कामलाई निरन्तरता दिइएको बताउनुभयो । सो कार्यालयको हातामा रहेको माछा फार्मबाट विभिन्न सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गदै आएको सो कार्यालयले हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दी जातको रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीवितरणका क्रममा रहेको छ ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछा रहु, नैनी, माकुर तथा विदेशी माछा कमनकार्प, सिल्भरकार्प, बिगहेडकार्प, ग्रप्सकार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्रीवितरण गरिएको छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले रु ३१ लाखभन्दा बढी रकमका माछा र भूरा वितरण गरेको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठ जीर्ण अवस्थामा रहेका पोखरीको मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताउनुभयो ।

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना तथा लिभफिस म्युजियमको स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाएको कार्यालय प्रमुख यादवले बताउनुभयो । आर्थिक वर्ष २०७५/७६ देखि राप्ती नदी, श्यार्फुताल, वाग्मती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी कर्णाली नदी र बेगनाश ताललगायतका नदी तथा तालमा माछाको विविधता जाँच तथा अभिलेख राखिएको छ ।

त्यसबाट ४५ प्रजातिका माछा नमुना सङ्कलन गरिनुका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारका रुपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस नेपियर वर्षीम, केरा, सुडान र जै घाँस आदिको तुलनात्मक अध्ययन भइरहको छ ।

जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रम जस्तै खोलानालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठीसभालगायका कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

काठमाडौँ तथा स्थानीय हेटौँडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उदेश्यले २०२४ सालमा स्थापित सो कार्यालयको समयसापेक्ष काम र नाममा परिवर्तन हुँदै आएको छ । सो कार्यालयअन्तर्गत ४७ दशमलव शून्य नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छन् । -राष्ट्रिय समाचार समिति(रासस)

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.