चितवन, २३ चैत
चितवन अदालतमा माओवादीका पूर्व कमाण्डर कालीबहादुर खामको मुद्दामा आज पनि बहस हुँदै छ । बुधवार साँझ सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि बिहीवारदेखि खामको बयान सुरु भएको हो ।
उनि हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका हुन् । थुनछेक बहसमा पहिलो दिन जाहेरवालाको तर्फबाट एक जना, सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट २ जना अधिवक्ताले बहस गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको उनीमाथि आरोप छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पुर्याएर हत्या गरिएको खाममाथि आरोप छ ।
खाम शक्तिखोरस्थित माओवादीको तत्कालीन तेस्रो डिभिजनको कमान्डर थिए ।







