चितवन, चैत २०-
पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी नदीमा बन्ने सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ ।
सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले डिजाइनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
उनले यसै आर्थिक वर्षमा निर्माणको काम सुरु हुने आशा व्यक्त गरेर ढिलोमा यस आर्थिक वर्षभित्र काम सुरु गर्ने विश्वास रहेको उने बताए । साधारण पुल नभएकोले निकै लामो समय लागेको पुल महाशाखा प्रमुख खनालले जनाए ।
गत भर्दौमा पुल महाशाखाको टोली आएर नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गरेको थियो ।
अहिले नारायणी नदीमा भएको पुल २०३८ सालमा निर्माण गरिएको पुल भएकोले अहिले जीर्ण बन्दै गइरहेको छ ।
विसं २०३८ साल अघि नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।
फाइल तस्विर