नवलपरासी, २० चैत
गैंडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा दुर्घटना भएको छ ।
गैंडाकोटमा रहेको बालविकास बोर्डिङ स्कूलको ना ४ ख १०४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका–२६ बस्ने ६८ वर्षीय पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि गैंडाकोट नगरपालिका–५ बस्ने २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छन् ।उनलाई उपचारको लागि भरतपुर पठाइएको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका परिवारले भने परिवारलाई खबर नगरी शव उठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार