भरतपुर , चैत १९-
भरतपुरमा कक्षा ८ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा पुनः हुने भएको छ ।
परीक्षा बैशाख ३ गते बिहान ११ बजेबाट सम्बन्धित विद्यालयमा हुने भएको भरतपुर महानगरले जनाएको छ ।
महानगरपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै, कक्षा ८ को स्वास्थ, शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र निर्माणमा त्रुटि हुन गएको देखिएको हुँदा आधारभूत तह परीक्षा समितिको मिति २०८०।१२।१९ को बैठकबाट परीक्षा पुन सञ्चालन गर्ने निर्णय भएको हुँदा सोही अनुसार विद्यार्थीहरूलाई जानकारी गराएको छ ।
भरतपुर महानगरपालिकाले यस वर्ष लिएको कक्षा ८ को आधारभूत तह परीक्षाको एक विषयको प्रश्नपत्र प्याब्सन भरतपुरले लिएको सोही विषयको आधारभूत तह पुर्ब तयारी परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
गत चैत्र ८ गते सञ्चालित आधारभूत तह परीक्षाको स्वास्थ्य तथा शारीरिक विषयको प्रश्नहरु गत फागुन १५ मा प्याब्सन भरतपुरले सञ्चालन गरेको सोही विषयको परीक्षामा सोधिएको प्रश्नहरुसँङ ८० प्रतिशत भन्दा बढी हुबहु मिलेको पाइएको थियो ।