चितवन, चैत १९ –
चितवनको भरतपुर महानगरपालिका– १७ रामपुरस्थित सौगात चोकमा रहेको एक कटेजभित्र महिलाको शव फेला परेको छ ।
स्थानीय विदुर गौलीले दिएको जानकारी अनुसार शवलाई अहिले प्रहरीले सुरक्षा दिएर राखेको छ । महिलाको आफन्तहरु आएपछि मात्र शव उठाउने भनेपछि अहिले शव उठाइएको छैन । प्रहरीबाट थप विवरण आउन बाँकी छ ।