चितवन, चैत १९ –
आदर्श मावि भरतपुर २६ दिव्यनगर चितवनका २३ जना विद्यार्थीलार्ई दान आशा फाउण्डेशनले छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईंका अनुसार शैक्षिक शत्र २०८० को कक्षा ८ का ३ जना, कक्षा ९ का १२ जना र कक्षा १० का ८ जना गरी जम्मा २३ जना विद्यार्थीको अन्तिम ३ महिनाको सम्पूर्ण खर्च फाउण्डेशनले प्रदान गरेको छ । जसबापत १,५६,३५० (अक्षरुपी एक लाख छपन्न हजार तीन सय पचास रुपैयाँ) रकम फाउण्डेशनले स्थानीय कार्यक्रम संयोजक डमर बहादुर गुरुङ्गमार्फत विद्यालयमा हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक गुरुङ्गले वर्षेनी छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिने बताए ।
फाउण्डेशनले विगत २ वर्षदेखि निरन्तर रुपमा कक्षा ८, ९ र १० का गरिव जेहेन्दार छात्राहरुको सम्पूर्ण अध्ययन खर्च र कापी, कलम, पुस्तक, परीक्षा शुल्क साथै अत्तिरिक्त कक्षा शुल्क, ड्रेस, जुत्ता लगायत सम्पूर्ण खर्च उपलब्ध गराई सहयोग गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
फाउण्डेशनको सहयोगले विद्यालयमा अध्ययनरत गरिब छात्राहरुको पठनपाठनमा अत्यन्त ठूलो सहयोग पुगेको बताउँदै विद्यालयले फाउण्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।
अध्यक्ष सीता गुरुङ, सदस्यहरु डा. रीता गुरुङ्ग, प्रा.डा. गीता गुरुङ्ग, डा. एलिना गुरुङ्ग, नोरा गुरुङ्ग, सल्लाहकारहरुमा जुद्द बहादुर गुरुङ्ग, इ. जितेन्द्र कुमार गुरुङ्ग, सिरिक गुरुङ्ग र चितवन कार्यक्रम संयोजक डमर बहादुर गुरुङ्ग रही ललितपुरमा मुख्य कार्यालय रहेको दान आशा फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।