काठमाडाैं चैत १९,
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतवार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ ।
यस्तै, तेजाबी सुन आइतवार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ ।
आइतवार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार