चितवन, १७ चैत
चितवनको खैरहनीको नगरपालिका वडा नं–१, साई चोकस्थित धादिङ भैरवी अटो वर्कशपमा गाडी धुने क्रममा बेहोस भएका कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाटस्थित कुकुरमारा घर भएका २५ वर्षीय लक्षु शर्मा रहेका छन् ।
वर्कशपमा गाडी धुने क्रममा अचानक बेहोस भई लडेका शर्माको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले घटनाबारे मृतकका आफन्तलाई खबर गरेको जनाएको छ ।