चैत १६, चितवन
विगत लामो समय देखि सामाजिक सेवामा कार्यरत सामाजिक सस्था ब्लड डोनर्स सोसाइटी नेपाल र जापानमा रहेका नेपालीहरुको सस्था नेपाल कल्याण समाज जापान बिच सामाजिक कार्यहरुमा सस्थागत सहकार्यका लागि सम्झौता भएको छ ।
मिति २०८० चैत्र १३ गते बसेको भर्चुअल बैठक मार्फत उक्त सम्झौता गरिएको हो ।
सम्झौतामा ब्लड डोनर्स सोसाइटी नेपालले नेपाल कल्याण समाज जापान लाई सस्थागत सदस्यता प्रदान गर्ने ,नेपाल समाज कल्याण जापानले सस्थाले ब्लड डोनर्स सोसाईटी नेपाललाई नगद ५०,०००/- सहयोग गर्ने ,नेपाल समाज कल्याण जापान सस्थाका उपाध्यक्ष विस्णु शर्मा द्वारा ब्यक्तिगत ५०,०००/- सहयोग गर्ने , ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रिय समितिको हरेक कार्यक्रमहरुमा नेपाल कल्याण समाज जापान सहकार्यमा रहने लगाएतका निर्णय भएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले जानकारी गराए ।
बैठकमा नेपाल कल्याण समाज जापानका अध्यक्ष सुबर्ण भट्ट ,उपाध्यक्ष विस्णु शर्मा ,महासचिव केशव सुवेदी , ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी , वरिस्ठ उपाध्यक्ष हरि न्यौपाने , महासचिव अन्जन दवाडी ,सल्लाहकार सदस्य वाल चन्द्र पोख्रेल को उपस्थित रहेको थियो ।