चितवन, चैत १६
गोरखनाथ फाउन्डेसनको आयोजना र भरतपुर वडा नम्बर ४ को कार्यालयको सहकार्यमा भरतपुर – ४ को राम मन्दिर आधारभुत स्वस्थ्य केन्द्रमा भोलि नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
छाला रोग, स्त्री रोग, मनोरोग, निशुल्क थाइराइड परीक्षण र औषधिसमेत वितरण हुने फाउन्डेसनका सुजन ढकालले जानकारी दिए ।
स्वास्थ्य शिविरमा सहभागी भइ लाभ लिनुहुन फाउन्डेसनले आह्वान गरेको छ ।