चितवन, चैत १६ –
जनतासँग एमाले अभियान २०८० अन्तर्गत भरतपुर महानगरपालिका २६ मा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रीय कमिटी सल्लाहकार परिषद् सदस्य सूर्य लामिछानेले कम्युनिष्ट जीवनशैलीबारे र जिल्ला स्कुल विभागका प्रमुख गोपी नेपालले सामाजिक अन्तरविरोध र समाधानका लागि एमालेले गरेका प्रयासहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
बागमती प्रदेश कमिटीका पूर्व सदस्य एवम् अभियानका संयोजक भूपालनाथ कँडेलले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रम पार्टी वडाकमिटीका अध्यक्ष नवलक्ष्मी श्रेष्ठ थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् भरतपुर महानगर इन्चार्ज जेएन थपलिया, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला उपाध्यक्ष कमलराज पाठक र भरतपुर महानगर उपाध्यक्ष दिलिप न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।