चितवन, चैत १६ –
जनतासँग एमाले अन्तर्गत भरतपुर महानगरपालिकामा वडा नम्बर ९ को विभिन्न टोलहरुको भेला सम्पन्न भएको छ ।
बिहिबार नारायणी टोल, संगम टोल, शरदकृष्ण टोल, आदर्श टोल, परमानन्द टोल, सरस्वती टोल र सिर्जना टोल विकास संस्थाको टोल भेला सम्मपन्न भएको हो । आदर्श टोलको गणेश मन्दिर परिसरमा भएको कार्यक्रम पार्टी वडा अध्यक्ष लिला वल्लभ भुषालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज विजय कुमार विक, विशिष्ट अतिथि जिल्ला कमिटी सदस्य एवम् अभियान वडा सहसंयोजक प्रकाश भट्ट, अखिल नेपाल महिला संघ चितवनकी नेतृ रत्न कुमारी अधिकारी तिवारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जनतासँग एमाले कार्यक्रम अन्तर्गत चितवनका विभिन्न वडाहरुमा धमाधम पार्टी गतिविधिहरु भइरहेका छन् ।