चितवन, १६ चैत
नेपाल सुनचाँदी व्यवसायी महासघंको चौथो महाधिवेशन आगामि चैत २३/२४ गते हुने भएको छ । चौथो महाधिवेशनको लागि वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
रसाइली “न्याय, समानता, समावेशी र गतिशील महासंघको लागी हाम्रो अभियान” भन्ने नारा सहित चुनावी माहोलमा होमिएका छन् । रसाइलीले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य,उपाध्यक्षमा राजु धमला, महासचिवमा किरणभाई बज्रचार्य, सचिवमा धर्म सुन्दर बज्रचार्य र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई उम्मेदवार बनाएका छन् ।
महासंघको केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षमा रसाईली निर्वाचित भइसकेका छन् । आफुले योग्य व्यक्तिहरुको समुह बनाएर चुनावमा होमिएकोले कुनै प्रतिस्पर्धा नै नहुने दाबि रसाईलीले गरेका छन् ।
सरल र सहज व्यवहारका कारण रसाईलि व्यवसायीबिच निक्कै लोकप्रिय छन् ।