भरतपुर, १६ चैत
परिवारबाट सम्पर्कबिहीन रहेका १२ वर्षीय बालकको शव नारायणी नदीमा फेला परेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–११ होपचोक बस्ने मनोज श्रेष्ठको शव फेला परेको हो ।
परिवारको उपस्थितिमा प्रहरीले शव सनाखत गरेको छ । मनोज केहि दिनदेखि घर परिवारबाट सम्पर्कबिहिन रहेका थिए ।
परिवारबाट खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले निरन्तर खोजी कार्य गरिरहेको थियो । सोहि क्रममा आज भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा मनोजको शव फेला परेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।