भरतपुर, चैत १४-
अनेरास्ववियु चितवनले एसइई परिक्षामा विद्यार्थीहरूलाई कुनै समस्या परेमा समाधान र सहजिकरणको लागि स्वयंसेवकीय भुमिकामा रहने भएको छ ।
जिल्ला अध्यक्ष हरी आचार्यले शैक्षिक प्रगतिको उडान भर्दै गरेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।
अध्यक्ष आचार्यले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-
“एसइई परीक्षा -2080” मा सहभागी हुदै शैक्षिक प्रगतिको उडान भर्दै गरेका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू फरक क्षमता भएका ४ जना, छात्रा ५५९१ जना र छात्र ५३३२ जना सहित चितवन जिल्लामा कुल विद्यार्थी संख्या १०९२३ जनालाई परीक्षा सफलताको कामना गर्दै उज्वल भविष्यको हार्दिक शुभकामना ब्यक्त गर्दछु । यस विचमा विद्यार्थीहरूलाई कुनै पनि प्रकारको समस्या परेमा अनेरास्ववियु जिल्ला कमिटी चितवन र मातहत कमिटी स्वयंसेवकीय भुमिकामा रहने कुरा विद्यार्थी, अभिभावक सहित सम्वन्धित सबैमा जानकारी गराउदछु ।”
अनेरास्ववियु चितवनले परिक्षा अवधिभर कुनै पनि विद्यार्थीलाई असर पर्ने गतिविधि नगर्ने जनाएको छ ।