चितवन चैत १४
चितवनको शहीद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थीले दिएका परिक्षाको उत्तर पुस्तिका हराएपछि त्रिविले पुन: परिक्षा लिने निर्णय गरेको छ ।
चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।
चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।
२०८० वैशाख महिनामा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत ‘पीओपी–४२२’ विषयको उत्तर पुस्तिका हराएको थियो । उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा गर्न क्याम्पसहरूलाई निर्देशन दिएको हो ।
यस विषयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले आफ्नो गम्भिर ध्यानकार्षण भएको बताएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले सामाजिक सञ्जालमा एक स्टिाटस लेख्दै यो त्रिविको गम्भिर त्रुटि भएको बताएका छन् । हेर्नुहोस् उनको स्टिाटस ।