भरतपुर, १४ चैत
भरतपुर-१८ स्थित सिमरी टाउनमा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालक घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर-१८ बस्ने उर्मिला तामाङको छोरा युविन तामाङ रहेका छन् ।
सिमरी टाउनबाट भुवन बस्तीतर्फ आउँदै गरेको बा ४९ प १२७७ नम्बरको मोटरसाइकलले ठकर दिएको हो । युविनको अहिले मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक भरतपुर-२६ बस्ने ३१ वर्षीय राजकुमार महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।