भरतपुर, १३ चैत
भरतपुरबाट माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिएको छ । बसको ठक्करबाट साइकल चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर २३ जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङ रहेका छन् ।
आज दिउँसो बाटो क्रस गर्दै गरेको साइकललाई जगतपुर चोकस्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नम्बरको बसले ठक्कर दिएको हो ।
गम्भीर घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।