काठमाडौं, १३ चैत
परीक्षामा उत्कृष्ट हुन, राम्रो अंक ल्याउन सबैलाई मन लाग्छ । तर, परीक्षाको तयारी गर्दा हामीले गर्ने कतिपय गल्तीका कारण चाहेर पनि परीक्षा राम्रो गर्न सक्दैनौं । परीक्षाकै लागि भनेर मात्र पढ्ने हुँदा पनि परीक्षामा राम्रो गर्न सक्दैनौं । त्यसैले, परीक्षाकै लागि भनेर मात्र पढ्ने बानीको अन्त्य गर्नुपर्छ । परीक्षा कसरी राम्रो गर्ने ? उत्कृष्ट कसरी हुने ? केही उपाय यस्ता छन् ।
परीक्षालाई लिएर चिन्ता नलिने
परीक्षालाई लिएर चिन्ता नलिने । परीक्षा आउने बित्तिकै विद्यार्थीहरु चिन्नित हुने गर्छन्, जुन राम्रो होइन । परीक्षाको समयमा चिन्तित हुँदा आफूले सिकेका र जानेको कुराहरु लेख्न सकिँदैन भने बिर्सने समस्या पनि हुन्छ । परीक्षामा जति चिन्त र तनाव लिन्छांै त्यति नै परीक्षालाई असर गर्छ । त्यसैले चिन्ता र तनाव मुक्त भएर परीक्षा दिने ।
समय तालिका बनाएर पढ्ने
परीक्षाको समयमा अध्ययनलाई व्यवस्थापन गर्नका लागि तालिका बनाएर पढ्ने बानी गर्नुपर्छ । कुन विषय, कुन समयमा कति पढ्ने भनेर विषय अनुसार समय तालिका बनाउनुपर्छ । विद्यार्थीहरुले समय तालिका बनाउँदा आफूलाई गार्हो लाग्ने विषयका लागि बढी र सजिलो लाग्ने विषयका लागि कम समय छुटाउनु पर्छ ।
समय समयमा ब्रेक लिँदै अध्ययन गर्ने
परीक्षा तयारी गर्दा परीक्षार्थीहरु एकोहोरो भएर पढि मात्र रहने बानी हुन्छ । एकोहोरो अध्ययनमात्र गरिरहँदा पढेका कुरा सम्झन र याद गर्न गार्हो हुन्छ । त्यसैले समय समयमा ब्रेक लिँदै अध्ययन गर्नुपर्छ । अध्ययन गरेको हरेक ४५/४५ मिनेटमा ब्रेक लिँदा राम्रो हुन्छ ।
लेख्दै अध्ययन गर्ने
हामीमा अध्ययन गर्दा आवाज निकाल्दै पढ्ने बानी छ, जुन प्रभावकारी मानिदैन । यसरी पढ्दा पढेका कुराहरु याद गर्न गाह«ो हुन्छ । आफूले पढेका कुरा सम्झन र बुझ्नका लागि लेख्दै अध्ययन गर्नु प्रभावकारी हुन्छ । तर, लेख्दा खेरी मुख्य मुख्य र महत्वपूर्ण कुराहरु मात्र लेख्नुपर्छ ताकी सम्झन सजिलो होस् ।
बिहानको समयमा पढ्ने
परीक्षा आएसँगै नसुती नसुती रात रातभर पढ्ने बानी हुन्छ । तर, पढ्नका लागि बिहानको समय उपयुक्त मानिन्छ । बिहान पढ्दा दिमाग फेस हुने हुदाँ सम्झन सजिलो हुन्छ । बिहान छिटो उठ्नका लागि राती छिटो सुत्नुपर्छ । अनि मात्र बिहान छिटो उठ्न सकिन्छ ।
परीक्षामा राम्रो गर्न सक्छु भन्ने आत्मविश्वासको विकास गर्ने
परीक्षाको समयमा अर्को आवश्यक कुरा भनेको आत्मविश्वास हो । आत्मविश्वास भएमा मात्र परीक्षार्थीहरुले राम्रो सँग पढ्न र परीक्षा दिन सक्छन् । आत्मविश्वासको कमी हुँदा डराउने, चिढचिढाउने र बिर्सने जस्ता बानी देखापर्छ । त्यसैले, परीक्षाहरुले आफूमा विश्वास राखी राम्रो गर्न सक्छु भन्ने भावनको विकास गर्नुपर्छ ।