काठमाडाैं चैत ११,
आज फागु पूर्णिका (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व आज काठमाडौं उपत्यकासहित हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ ।
तराई–मधेशमा भने सोमवार होली परेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।
एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ ।
यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार